×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

३४ विमानस्थल स्तरोन्नति हुँदै, २ अर्ब ८४ करोड बजेट मध्ये ५९.१० प्रतिशत खर्च

२९ श्रावण २०७६

साउन २९, काठमाडौं। देशभरका ३४ विमानस्थलको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । अहिलेसम्म ती विमानस्थल स्तरोन्नतिको भौतिक प्रगति ९० प्रतिशत भएको जनाइएको छ । विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे, पर्खाल निर्माण लगायत संरचनाहरुको स्तरोन्नति गर्ने काम ९० प्रतिशत सकिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको हो ।

विमान र यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न समयमा विभिन्न ठाउँका विमानस्थलहरु बिस्तार र स्तरोन्नति गर्ने गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए । देशभरका विभिन्न प्रमुख ठाउँहरुका विमानस्थलहरु स्तरोन्नतिको प्रक्रियामा रहेको उनले बताए । ‘कतिपय विमानस्थलहरुमा स्तरोन्नतिको काम सम्पन्न भइ सकेको छ’ उनले भने–‘काम तीब्र रुपमा भइरहेको छ, सकेसम्म छिटो गर्दैछौँ ।’

Advertisement
Advertisement

उनले विभिन्न विमानस्थलहरुमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे, एप्रोन ग्राभेलिङ, हेलिप्याड तथा चेनलिंक फिनिसिङको कार्य लगायतका संरचनाहरु स्तरोन्नति गर्ने काम भइरहेको बताए । पौड्यालका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १९ वटा विमास्थलहरुको स्तरोन्नतिको काम भएको छ भने १५ वटा विमानस्थलहरु चालु आवमा स्तरोन्नतिका लागि ठेक्का दिइएको छ ।

३४ विमानस्थलमा १ अर्ब ६७ करोड खर्च
नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार देशभरका ३४ वटा विमानस्थलहरु स्तरोन्नतिमा १ अर्ब ६७ करोड ८८ लाख २१ हजार खर्च भएको छ । विमानस्थलहरुका लागि विनियोजन भएको २ अर्ब ८४ करोड २८ लाख ४२ हजार बजेट मध्ये ५९.१० प्रतिशत खर्च भएको हो । विमानस्थलको लागि नेपाल सरकारले ८८ करोड ४९ लाख ५५ हजार र प्राधिकरणले १ अर्ब ९५ करोड ७८ लाख ८७ हजार रुपैयाँ छुट्याएको थियो । सूचना अधिकारी पौड्यालका अनुसार विमानस्थल स्तरोन्नतिमा निर्माण सामाग्रीहरुको ल्याव परीक्षण, निर्माण सामाग्रीहरुको अभाव, जनशक्तिको अभाव लगायत समस्याहरु झेल्नु परेकाे छ ।

कुन विमानस्थलको प्रगति कति ?
सूचना अधिकारी पौड्यालले गत वर्षमा विमानस्थलहरुको स्तरोन्नतिमा सन्तोषजनक प्रगति भएको बताउँदै नेपालगञ्ज विमानस्थलको गुरुयोजना तयार पारेको, रुम्जाटार विमानस्थलको टर्मिनल निर्माण, विराटनगर विमानस्थलको एर्पोन विस्तार र ट्याक्सी वे निर्माण सम्पन्न भएको बताए ।

धनगढी विमानस्थलको लागि झण्डै ४ करोड, विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि ११ करोड, जोमसोम विमानस्थलका लागि २ करोेड ६६ लाख, डोल्पाको मेसिनेचौर विमास्थलका लागि २ करोड १२ लाख, मुगुको रारा विमानस्थलका लागि ४ करोड ५६ लाख खर्च भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा फाल्गुनन्द विमानस्थलको स्तरोन्नतिका लागि छुट्याएको १ करोड ७६ लाख रुपैयाँमा ७७ लाख खर्च भएको जनाएको हो । यस्तै बहुवर्षे आयोजना अन्तर्गत चन्द्रगढी विमानस्थलको फेन्सिङ तथा खोला डाइभर्ट गर्ने कार्य सम्पन्न भएको जनाइएको छ ।

यस्तै राजविराज विमानस्थलको स्टक्चर र रुफिङ, उदयपुर विमानस्थलको धावनमार्ग विस्तार तथा विमानस्थल स्तरोन्नति कार्यको इआइए कार्य सम्पन्न भएको छ । रोल्पा विमानस्थलको फेन्स, डोल्पा विमानस्थलको सवसे, धनगढी विमानस्थलको धावन मार्ग, दाङ विमानस्थलको प्राथमिकता अध्ययन र सिन्धुली विमानस्थलको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ ।

Advertisement

विमानस्थलहरुले हालसम्मको समस्टिगत भौतिक प्रगतिमा चन्द्रगढी विमानस्थलको ४० प्रतिशत, राजविराज विमानस्थलका ३०, रोल्पा विमानस्थलको ४०, धनगढी विमानस्थलको २५, दाङको ५०, सिन्धुलीको शत प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top