युरोपियन लिगमा प्ले अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लाग्यो

साउन २९, एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल छनौटको प्ले–अफ् समिकरण पूरा भएको छ ।

गएराति भएको दोस्रो चरणको छनौट खेलहरुपछि प्ले अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लागेको हो । गत सिजनको च्याम्पियन्स लिगको उपविजेता नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले प्ले अफ्मा साइप्रसको अपोइल निकोसियासँग खेल्ने तय भएको छ ।

यसैगरी रोमानियाको सि.एफ.आर क्लुजले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा बेल्जीयमको क्लब ब्रुजले अष्ट्रियाको लिन्जसँग खेल्नेछ ।

च्याम्पियन्स लिग प्ले–अफ्का अन्य खेलहरुमा क्रोएसियाको डाइनामो जाग्रेबले नर्वेको रोजनवर्गसँग, स्विट्जरल्याण्डको योङ ब्वाइजले सर्वियाको रेडस्टार बेलग्रेडसँग तथा ग्रिसको ओलम्पियाकोसले रुसको क्रास्नोदारसँग खेल्नेछन् ।

यी ६ वटा प्ले–अफ्का विजेता टोलीहरु च्याम्पियन्स लिग फुटबलका लागि छानिनेछन् ।

पराजित हुने टोलीहरु युरोपा लिगमा झर्नेछन् । च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका यही अगष्ट २८ तारिखमा सार्वजनिक गरिनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top