निर्वाचित प्रतिनिधिलाई जब तौल बराबरको लड्डुले स्थानीयले स्वागत गरे…

निर्वाचित प्रतिनिधिलाई जब तौल बराबरको लड्डुले स्थानीयले स्वागत गरे…

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम पूर्व यातायत मन्त्री तथा रौतहट क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य महम्मद आफताब आलमलाई रौतहटबासीले आलमको तौल बराबर लड्डुले स्वागत गरेका छन्।

रौतहट क्षेत्र नं. २ मा आलम निर्वाचित भइसकेपछि राजपुर नगरपालिका डुमरीया टोलका स्थानीयहरूले सांसद आलमलाई उनका वजन बराबरको लड्डुले स्वागत गरेका हुन्।

पाँच वर्षदेखि रौतहट क्षेत्र नंं. २ को विकास नभएकाले अब निर्वाचित भएका सांसद तथा पूर्व यातायत मन्त्री आलमले विकास गर्ने भन्ने उद्धेश्यले हामी सबै स्थानीयहरू खुसी भएर यस्ता कार्यक्रम गरेको स्थानीयवासी अबु मोहम्मदले बताए।

नेताको उच्च सम्मानमा ७५ किलो वजन बराबरको लड्डु तराजुमा राख्दै तौल गरेपछि स्थानीयहरू हर्षित भएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.