×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

स्थानियले दले पर्साका एक वडाध्यक्षलाई कालोमोसो

३० श्रावण २०७६

साउन ३०, जनकपुर । पर्सामा एक जनप्रतिनिधिले अपशब्द प्रयोग गरेपछि स्थानीयवासीले कालोमोसो दलेका छन् ।

पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासीले कालोमोसोसहित हातपात गरेका हुन् ।

Advertisement
Advertisement

वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेपछि आक्रोशित स्थानीयवासीले दुव्र्यवहार गरेको बताए । स्थानीय कृष्ण ठाकुरको अगुवाईमा वडा कार्यालयमा पुगेको समूहले वडाध्यक्ष चौहानमाथि हातपातसहित कालोमोसो दलेको हो । केही समय पहिले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारीमाथि पनि विकास निर्माणकै विषयमा विवाद हुँदा कुटपिट भएको थियो ।

विगत केही दिनदेखि पर्साका स्थानीयतहमा जनप्रतिनिधिहरुको कार्यशैलीप्रति स्थानीयवासीहरुको आक्रोश बढ्दै गएको छ । स्थानीय तहमा हुने भ्रष्टाचारका विरुद्धमा स्थानीयवासीहरु अगाडि बढ्दै गएका छन् ।

त्यसैगरी कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिराबहादुर थापालाई पनि कालोमोसो र चप्पलको माला लगाएर दुव्र्यवहार भएको छ । बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको थियो ।

कालोमोसो लगाउने समूहको पहिचान भइनसकेपनि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालोमोसोसहित हातपात गरेको हुन सक्ने आशंका प्रहरीको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी भन्छन्– ‘वडा कार्यालयमा भएको घटनामा विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ’, उनले अझै थप्दै भने– ‘कालोमोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’

वडाध्यक्ष थापामाथि विप्लव समूहले विद्यालयमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।

Advertisement

यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top