आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

३० साउन ७६, शुक्रबार

 दार्चुलामा आफ्नै विद्यार्थी पटक‐पटक बलात्कार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ श्रीबगर स्थित समौजी आधारभुत विद्यालयमा निजिस्रोतमा भर्ना गरिएका शिक्षक २९ वर्षिय दान सिंह धामीलाई नाबालीका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रेम खड्काले जानकारी दिए । पिडितकी आमाले नौगाड प्रहरीचौकीमा दिएको निवेदनका आधारमा दोषी शिक्षकलाई पक्राउ गरिएको बताए ।

शिक्षक धामीले ति छात्रालाई ललाई फकाई एक वर्ष देखी पटक‐पटक बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । शिक्षक धामीले घरमा श्रीमतीलाई समेत हिंसा गर्ने गरेको खुल्न आएको छ । मेरो अरु केटी संग लभ छ भन्दै श्रीमतीलाई कुटपिट गर्ने, विभिन्न खालका हिंसा गर्ने गरेको खुल्न आएको हो ।

Advertisement

आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको तथा कारबाहीको पक्रिया अगाडी बढाइएको सुचना अधिकारी खड्काले जानकारी दिए। बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिक्षक धामीलाई ८ देखी १२ वर्ष सम्म जेल सजाय हुने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top