NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

सरकार नै कार्यान्वयन गर्दैन उड्डयन सुरक्षा सुझाव

शुक्रबार साउन ३१ , २०७६
Reading Time: 1 min read
A A
सरकार नै कार्यान्वयन गर्दैन उड्डयन सुरक्षा सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

 ३१ साउन, काठमाडौँ । हवाई उड्डयन सुरक्षा सुझाव प्रतिवेदन कार्यान्वयमा सरकार नै कमजोर देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपालको ‘उड्डयन सुरक्षा प्रतिवेदन २०१९’ मा सरकारी पक्षबाट उड्डयन सुरक्षा सुझाव कार्यावन्यन नभएको उल्लेख छ ।

सन् २००९ देखि २०१८ सम्मको १० वर्षको यस्तो प्रतिवदेनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विभिन्न १८ वटा सुझाव दिइएको थियो । मन्त्रालयलाई दिएको सुझावमध्ये ४४.४४ प्रतिशत कार्यान्वयन नै नभएको उल्लेख छ । २७.७८ प्रतिशत कार्यान्वयन भएको र २७.७८ प्रतिशत नै आंशिक कार्यान्वयनको चरणमा छ ।

मन्त्रालयलाई दिइएको १८ वटा सुझावमा पाँच वटा मात्रै कार्यान्वन भएको छ। पाँचवटा कार्यान्वयन चरणमा रहेको र बाँकी आठ वटा भने कार्यान्वयन नै नभएको उल्लेख छ । १० वर्षको अवधिमा एक सय ६८ वटा सुझावमध्ये एक सय ३६ वटा कार्यान्वयन भएका छन् । सुझाव ८० प्रतिशत कार्यान्वयन भएको र बाँकी २० प्रतिशतमध्ये ६ प्रतिशत आंशिक कार्यान्वयनको चरणमा रहेको उल्लेख छ ।

Advertisement

उड्डयन सुरक्षा सुधार

नेपालको हवाई उड्डयन क्षेत्रको सुरक्षामा सुधार आएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उड्डयन सुरक्षा सूची विश्वको औसत भन्दामाथि रहेको उल्लेख छ । यसमा नेपालको उड्डयन सुरक्षा ६६.७६ प्रतिशत रहेको देखाइएको छ । विश्वको यस्तो सुरक्षा सूचीको औसत दर भने हाल ६५.५१ मात्रै छ ।
फ्लाइङ स्कुल अध्ययन समिति बन्ने

सरकारले नेपालमै हवाई प्रशिक्षण संस्था खोल्न प्रोत्साहन दिने र यसका निम्ति एक अध्ययन समिति बनाउने भएको छ । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले निजी क्षेत्रका वायुसेवा कम्पनीलाई नेपालमा फ्लाइङ स्कुल खोल्न आग्रह गरेका छन् । नेपालमा उड्डयन क्षेत्रको विकास हुँदै गएको र वायुसेवा कम्पनी बढिरहँदा आवश्यक जनशक्ति पनि यही उत्पादन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराइले बताए ।

उनले भने, ‘हामी निजी सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा यस्तो फ्लाइङ स्कुल सञ्चालन गर्न चाहन्छौं । त्यसका लागि निजी क्षेत्रले साथ दिनुपर्छ ।’ सरकारले निजी क्षेत्रको सहभागिता र साथमा यस्तो स्कुल सञ्चालन गर्ने तयारी गरिरहेको छ । केही दिनमै मन्त्रालयले यसका लागि अध्ययन र सुझाव दिने समिति बनाउनेछ ।

उनले उड्डयन क्षेत्रको समस्या र समाधानका निम्ति निजी क्षेत्रबाटै उपयुक्त प्रस्ताव पनि माग गरेका छन् । पछिल्लो समय हवाई इन्धनको मूल्य अधिक भएको, विदेशी वायुसेवाको टिकट महँगो भएकोसहितको एजेन्डालाई निजी क्षेत्रको सहमतिमै छलफल गरेर निर्णय लिने बताएका छन् ।

अन्तर्राष्ट्रिय संस्थाबाट लेखापरीक्षण

हवाई उड्डयनको सुरक्षा प्रतिवदेनलाई परिष्कृत गर्दै ल्याएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। उनले निजी क्षेत्रलाई आफ्नो वायुसेवाको उडान र अवस्थाको बारेमा प्रतिवदेन सार्वजनिक गर्न पनि सुझाव दिए । उड्डयन सुरक्षा सुधारमा सरकार तथा प्राधिकरणकै गतिमा निजी क्षेत्र पनि हिड्नुपर्ने उनको भनाइ छ ।

उनले निजी वायुसेवालाई अन्तर्राष्ट्रिय निकायबाट स्वतन्त्र रूपमा लेखा परीक्षण गराउन आग्रह गरे । यो व्यवस्था कार्यान्वयन भएको अवस्थामा निजी क्षेत्रको उड्डयन सुरक्षा सुधार हुँदा समग्र उड्डयन उद्योग नै सुधार हुन सक्ने उनको भनाइ छ ।

कार्यक्रममा हेलिकप्टर सोसाइटीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले उड्डयन क्षेत्रको सुधारका लागि सेवाप्रदायक र नियामक निकाय छुट्याउँदा यो क्षेत्रको काम प्रभावकारी हुने बताए । प्राधिकरणल अहिलेको अवस्थामा आफ्नो आम्दानी बढाउन मात्रै ध्यान दिनेभन्दा पनि वायुसेवा कम्पनीलाई सुविधा दिने र आकर्षित गरेर उड्डयन क्षेत्रको विकासमा जोड दिनपर्ने बताए ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले वायुसेवा कम्पनी प्रतिस्पर्धी हुनुपर्ने बताए । यसका लागि उड्डयन क्षेत्रमा सरकारी चासो बढी हुनुपर्ने, विमानस्थल सुधार गर्नुपर्ने र निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने कार्यक्रम आवश्यक भएको तर्क दिए । सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यले अहिलेको सबैभन्दा पहिलो प्राथमिकता भनेकै उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू) को सुरक्षा सूचीबाट बाहिर निकाल्नुपर्नेमा जोड दिए ।

श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तलले उड्डयन क्षेत्रमा सेवाप्रदायकको भूमिका प्रभावकारी बनाउनमा नियामक निकायले नै जोड दिनुपर्ने बताए । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले जबसम्म ईयूको सुरक्षा सूचीबाट नेपाललाई अगल गर्न सकिँदैन तबसम्म यो क्षेत्रको विकासमा विश्वस्त हुन नसकिने बताए । अन्नपूर्ण पोष्टबाट

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.