NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

विदेश घुम्न जनप्रतिनिधि र कर्मचारीको लर्को

आइतवार भदौ १ , २०७६
Reading Time: 1 min read
A A
जनप्रतिनिधिमा विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ भदौ, काठमाडौँ ।
जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ । तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन् । भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन । सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ ।

सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण सम्बन्धी निर्देशिका’ जारी गरेको छ । तर कर्मचारी र जनप्रतिनिधिले त्यसको अवज्ञा गरेका छन्। अधिकांश भ्रमण व्यवस्थापन एनजीओ रआईएनजीओले गर्छन् । उनीहरूले मुलुकको हितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्न कर्मचारी र जनप्रतिनिधिलाई विदेश लाने गरेका छन् ।

संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयबाट विदेश जानेको संख्या अघिल्लो दुई वर्षको तुलनामा दोब्बर छ । दुई वर्षमा २५४ जना जनप्रतिधि र कर्मचारीले विदेश भ्रमण गरेका छन् । आव ०७४–७५ भन्दा ०७५–७६ मा विदेश जानेको संख्या दोब्बर बढी छ । आव ०७५–७६ मा १६७ जना जनप्रतिनिधि तथा कर्मचारी विदेश घुमेका थिए । ०७४–७५ मा ७० जना विदेश भ्रमणमा गएका थिए ।

Advertisement

गत आवमा सबैभन्दा धेरै स्थानीय तहका कर्मचारी विदेश गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक छ। स्थानीय तहबाट ६२ जना कर्मचारी विदेश भ्रमणमा गएका छन् । मन्त्रालय प्रवक्ता भूपाल बरालले अध्ययन, भ्रमण र तालिमका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीले विदेश भ्रमण गरेको बताए ।

उनले दाताको खर्चमा मात्रै मन्त्रालयले भ्रमणको स्वीकृति दिने गरेको स्पष्ट पारे। ‘सरकारी खर्चमा पठाउँदैनौं,’ उनले भने, ‘दाताकै खर्चमा क्षमता विकास, तालिमका लागि स्वीकृति दिन्छौं ।’ उनका अनुसार तालिम र क्षमता विकासका लागि चीन र जापानले धेरै कर्मचारी र जनप्रतिनिधिलाई बोलाउने गरेका छन् ।

सबैभन्दा बढी जनप्रतिनिधि र कर्मचारी चीन र त्यसपछि जापान भ्रमणमा गएका छन् । मलेसिया, कोरिया, नेदरल्यान्ड, थाइल्यान्ड, फिलिपिन्स, भारत, स्विजरल्यान्ड, इन्डोनेसिया, जर्मनी, अमेरिका, भियतनाम, न्युजिल्यान्ड, भुटान, अस्ट्रेलिया भ्रमणमा पनि उनीहरू गएका छन् । यसरी विदेश जानेमा मन्त्री लालबाबु पण्डित, सहसचिव र उपसचिव पनि छन् ।

स्थानीय तहका कर्मचारी धेरै

आव ०७५–७६ मा ६२ स्थानीय तहका कर्मचारी विदेश भ्रमणमा गएका छन् । यसरी जानेमा अधिकांश गाउँपालिका र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् । जिल्ला समन्वय अधिकारी र केही इन्जिनियर पनि विदेश गएका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति महत, घरपझोड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मैया कँडेल, जिल्ला प्राविधिक कार्यालय सिन्धुलीका इन्जिनियर पुरुषोत्तम महर्जन, शिवसाक्षी नगरपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, शम्भुनाथ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ छन् ।

सुखीपुर नगरपालिका सिरहाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, प्रसौनी गाउँपालिका बाराका सुनिलप्रसाद केसरी, काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली, कलैया उपमहानगरपालिका सहसचिव टोकराज पाण्डे, शैलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश विश्वकर्मा सुनार विदेश भ्रमणमा गएका छन् ।

विदेश भ्रमण गर्नेमा लिसंखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन, लाँलीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद धिताल, बेल्कोटगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी, जिल्ला प्राविधिक कार्यालय गोरखाका डिभिजनल इन्जिनियरद्वय रामकुमार श्रेष्ठ र रवीन्द्र तिवारी छन् ।

केराबारी गाउँपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बराल, सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, रौतामाई गाउँपालिकाका खम्बराज राई, इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका र जिल्ला समन्वय समिति दोलखाका शाखा अधिकृत शमशेरबहादुर राईले विदेश भ्रमण गरेका छन् ।

विदेश भ्रमणमा जाने अन्य कर्मचारीमा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईं, गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासकुमार रजक, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे र कर्जनाह नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार दास छन् ।

दाताको खर्चमा विदेश जानेमा गौरीगन्ज गाउँपालिकाका नासु अजयकुमार साह, जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत दीपक सुवेदी, विराटनगर महानगरपालिकाका कुमारप्रसाद दाहाल, सुनवल नगरपालिकाका उपसचिव रामलाल श्रेष्ठ छन् ।

यस्तै जिल्ला समन्वय समिति गुल्मीका जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने, जिल्ला समन्वय समिति दोलखाका जिल्ला समन्वय अधिकारी तुलसी गौतम, जिल्ला समन्वय समिति नुवाकोटका जिल्ला समन्वय अधिकारी अच्युतराज उप्रेती विदेश भ्रमणमा गएका कर्मचारीको सूचीमा छन् ।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत, पोखरिया नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु शाह पनि विदेश गएका छन् । घरपोझाङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मैया कँडेल एकै वर्र्षमा दुईपटक चीन गएकी छन् ।

विदेश जाने अन्य कर्मचारीमा महालक्ष्मी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत मेखबहादुर मंग्राती, बगलामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर ओली, चखेली गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद फुँयाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुसाल, जिल्ला समन्वय समिति कालिकोटका समन्वय अधिकारी कोमलप्रसाद धमला, बेलबारी नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल छन् ।

विदेश जाने अन्य स्थानीय तहका कर्मचारीमा भरतपुर नगरपालिकाकी उपसचिव सिर्जना थपलिया, पोखरा महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सोभियत खड्का, जिल्ला समन्वय समिति लमजुङका समन्वय अधिकारी अन्तरबहादुर सिलवाल, राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव झा, शम्भुनाथ नगरपालिकाका विष्णुप्रसाद गुरुङ, गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद भट्टराई, नागार्जुन नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, ईश्वरपुर नगरपालिका सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापा छन् ।

ललितपुर महानगरपालिकाका उपसचिव विदुरप्रसाद धिमाल, कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका सिनियर इन्जिनियर प्रवीण कार्की र बूढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विदेश जाने मौका पाएका छन् ।

यस्तै बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, कीर्तिपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर बालकृष्ण महर्जन, गोनही नगरपालिकाका शाखा अधिकृत मनोजकुमार रजक, वीरगन्ज महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर अखल्यक अहमद सिद्धिकी, कमलामाई नगरपालिका सिन्धुलीका इन्जिनियर बिनोदबाबु खकुराल विदेश गएका छन् ।

विदेश घुम्ने जनप्रतिधि

नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलशममेर राणा, बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, नीलकण्ठ नगरपालिकाका मयेर भीमप्रसाद ढुंगाना, बासगढी नगरपालिका मेयर शालिकराम अधिकारी र भेरीगंगा नगरपालिकाकाका उपमेयर रेणु आचार्य विदेश गएका छन् । उनीहरू ५ दिने स्थानीय तहको क्षमता अभिवृद्धि कार्यक्रमका नाममा भ्रमणमा गएका थिए ।

कटहरिया नगरपालिका मेयर सियारामप्रसाद कुशवाह, बलेफी गाउँपालिकाकी उपमेयर कमला कायस्थ, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बूढीनन्दा नगरपालिकाकी उपमयेर सृष्टि रेग्मी र खडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई ग्रामीण विकासको तालिमका लागि जापान गएका थिए । उनीहरु २० दिनसम्म जापान बसेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग स्वीकृत नलिई पनि कतिपय स्थानीय तहबाट विदेश भ्रमण गएका छन् । मन्त्रालयका प्रवक्ता बरालले कतिपय कर्मचारी थाहै नदिई विदेश भ्रमणमा जाने गरेको बताए ।

‘मन्त्रालयको स्वीकृति अनिवार्य रूपमा लिनुपर्छ,’ बरालले भने, ‘तर थाहा नदिई पनि गएको भन्ने सुनिएको छ ।’ उनले उद्देश्य नहेरी मन्त्रालयले स्वीकृति नदिने बताए ।

गृहबाट १०७ कर्मचारी

गत आवमा गृह मन्त्रालयबाट १०७ जना कर्मचारीले विदेश भ्रमण गरेका छन्। सचिव प्रमेकुमार राई स्विजरल्यान्ड र थाइल्यान्डको यात्रा गरेका छन् । सबैभन्दा धेरैपल्ट सहसचिव रामकृष्ण सुवेदी विदेश भ्रमणमा गएका छन्। उनले फिलिपिन्स, अस्ट्रिया, भियना, इटाली, थाइल्यान्ड, भारत, चीन र बंगलादेश गएका छन् ।

विदेश भ्रमण गर्नेमा सुवेदीलगायत १५ सहसचिव छन् । यस्तै ४६ उपसचिव, ४३ शाखा अधिकृत र २ राजपत्रअनंकित कर्मचारी विदेश गएको गृहको तथ्यांक छ । अधिकांश भ्रमण सहभागिताका लागि भएको गृहको अभिलेखमा उल्लेख छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.