राष्ट्रिय योजना आयोगका नायब सुब्बा सिंहदरबारभित्रै मृत फेला

२ भदौ ७६, मंगलबार

३ भदौ, काठमाडौं ।

Advertisement

राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसी कार्यालयमै मृत अवस्थामा भेटिएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयको दोस्रो तलामा मंगलबार बिहान उनी मृत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बिहान साढे १० बजेतिर ५२ वर्षका केसी कार्यालयमै मृत फेला परेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । उनले कार्यालयमै आत्महत्या गरेको हुन सक्ने कर्मचारी र प्रहरीको प्रारम्भिक आशंका रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top