×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल एअरलाइन्सले जापानमा सिधा उडान भर्ने

३ भाद्र २०७६

३ भदौ, काठमाडौं ।
नेपाली ध्वजाबाहक विमानले आगामी भदौ महिना देखि काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताएको हो । आगामी भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिएका हुन् । निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । काठमाडौं ओसाकाको उडान समय ६ घण्टा ३० मिनेटको हुने निगमले बताएको छ ।

Advertisement
Advertisement

यस्तै काठमाडौँदेखि जापानको नारिता विमानस्थल सम्मको उडान सम्बन्धमा पनि धेरै प्रक्रियागत कामहरु भैसकेको निगमले बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले आगामी जनवरीको पहिलो साता काठमाडौँ टोकियो काठमाडौँ उडान हुन सक्ने बताए ।

Advertisement

नारिता विमानस्थलमा उडान गर्न निगमले पठाउनु पर्ने आवश्यक सम्पूर्ण कागजातहरु पठाइसकेको अध्यक्ष खरेलले जानकारी दिए । निगमले वाईडबडी ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो । निगमले ओसाकामा हुने सबै उडान वाइडवडी ए ३३०–२०० बाट हुने जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top