संघ र प्रदेशका उपसभामुखबीच भिडियो वार्ताको सुरुवात

३ भदौ, काठमाडौं ।
संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा संवाद थालनी भएको छ ।

Advertisement

मंगलबार संसद सचिवालयमा प्रतिनिधि सभाका उप सभामुख डा शिव माया तुम्बाहाम्फे र राष्ट्रिता सभाका उपाध्यक्ष शशिकला दाहालले ७ प्रदेशका उपसभामुख सँग भिडियो कन्फ्रेंसिंग गरि अनुभव साटासाट गरेका हुन्। नेपालको संविधानमा संघीय संसद र प्रदेश संसद प्रशासनिक र संचालनको हिसाबले स्वतन्त्र र स्वायत्त छन् । हाम्रो संसदीय अभ्यासमा प्रतिनिधि सभा राष्ट्रिय सभाको अभ्यास र अनुभव भए पनि प्रदेश संसद संचालनको अनुभव छैन ।

Advertisement

औपचारिक रुपमा अन्तर सम्बन्ध नभए पनि उप सभामुख र उपाध्यक्षले प्रदेश संसदका उपसभामुख सँग निरन्तर सम्बाद गर्दै आएका छन । प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भौगोलिक रुपमा दुरी र समय अभावका कारण निरन्तर सम्बाद हुन नसकेको अवस्थामा भिडियो कन्फ्रेसिंगले सम्बाद सहज बनाउने बिश्वास ब्यक्त गरिन् ।

संघीय संसद सचिवालयले केन्द्र र प्रदेश तहका संसदबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले २०७५ साल भदौ ३ गते पहिलोपटक काठमाडौंमा उपाध्यक्षहरुको भेला गरेको थियो । त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ साल मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो।

Advertisement

यस प्रकारको संवादले प्रदेश सभा संचालनमा संघिय संसद्को अनुभवले सहयोग पुग्ने प्रदेश सभाका उपसभामुखहरुले बिश्वास ब्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top