३ भदौ, काठमाडौं ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले “माना पाथी जोखे” जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार काठमाडौको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन् । उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए ।
उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले छिट्टै काठमाण्डौ जिल्ला कमिटीले पुर्णता पाउने विश्वास पनि दिलाए । काठमाडौ अन्र्तगत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रिय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।