भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण

Share this
732shares

४ भदौ, काठमाडौं ।  भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ।

Advertisement

हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावासअगाडि धर्ना दिएको छ। जम्मुकस्मिरको विषयका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निस्क्रिय हुन नहुने भन्दै समाजले दुवै मुलुकको ध्यानाकर्षण गराएको हो।

यस्ता विषयको ध्यानाकर्षण गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका पाकिस्तानी समकक्षी इमरान खानलाई लेखिएको पत्र दूतावासलाई हस्तान्तरण गरिएको छ । सार्क राष्ट्रका नागरिकमा मित्रता बढाउन, शान्ति र अमनचयन कायम गर्न र सार्कलाई पूर्ववत् अवस्थामा सक्रिय गराउन ध्यानाकर्षण गराउँदै पत्र बुझाइएको समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top