४ भदौ, एजेन्सी ।
पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि इन्डोनेसियाले पश्चिमी प्रान्तमा सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ । आन्दोलनकारीले शान्तिपूर्र्ण याली गर्ने तयारी गरेपछि थप सुरक्षाकर्मी परिचालन गरीएको हो ।
सरकार विरोधी गतिविधिहरु बढ्न थालेपछि इन्डोनेसिया सरकारले इन्टरनेट सुविधा कटौती गर्न थालेको छ । आन्दोलनकारीहरुले इन्टरनेटमार्फत भ्रम फैलाउन खोजेको भन्दै त्यसलाई नियन्त्रण गर्न खोजिएको इन्डोनेसियाको सञ्चार तथा सूचना मन्त्रालयले जनाएको छ ।
