संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यरुपमा मनाइने

४ भदौ ७६, बुधबार
Share this
821shares

४ भदौ, काठमाडौं ।

Advertisement

सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र व्यापकरुपमा मनाउने भन्दै तयारी सुरु गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सिमिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागीताका साथ दिवस मनाउने बारे छलफल भएको हो ।

विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागीतामा राजधानी काठमाण्डौको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी , जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् । यस बर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ ।

Advertisement

असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डा सहितको ¥याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ । प्रदेश र स्थानीय तहको सवालमा सम्बन्धीत मन्त्रालयले संयोजन गरि तोकिएको स्थानमा अनिवार्य उपस्थिति हुने व्यवस्था मिलाईएको छ ।

बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउदै गृह सचिव प्रेम कुमार राईले सबैको सक्रिय सहभागीताका लागि आग्रह गरे ।
असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाई गरि सांझ दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानका केन्द्रीत भएर संचार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top