जलश्रोत सम्बन्धि सम्झौता भारतले पालना नगर्दा नेपाली जनता पिडित

३ भदौ ७६, बुधबार

४ भदौ, काठमाडौं ।
सत्तारुढ दलका संसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपाली जनताहरु पिडित बनेको गुनासो गरेका छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पिडित बनेको बताएका हुन् ।

सांसद सुमन राज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पिडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पिडित बनेको बताए ।

Advertisement

सांसद प्याकुरेलले आजबाट सुरुहुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग वार्ता गर्न माग गरे । यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल भारत बीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धि भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन् ।

दुई देशबीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध, सडक जस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताइन् । आजबाट सुरुहुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने उनले बताइन् ।

Advertisement

राष्ट्रिय सभाको बैठकमा संसदहरुले सरकारको कामकारबाही तथा पछिल्लो समय बहसमा रहेको रवि लामिछाने पक्राउ बिषयमा आफ्नो धारणा राखेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top