सत्य निरुपण आयोगमा बस्न रमण श्रेष्ठद्वारा अस्वीकार

Share this
637shares

 ५ भदौ, काठमाडौं ।
पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष बन्न अस्वीकार गरेका छन् । आयोगमा बस्न प्रस्ताव आएको स्वीकार्दै श्रेष्ठले आफू अनिच्छुक रहेको बताए ।

Advertisement

‘जहाँबाट प्रस्ताव आयो, त्यहाँ मैले जान्न भनेको छु’, श्रेष्ठले भने, ‘मलाई रुची पनि हुन प¥यो नि ।’ पूर्व महान्यायाधिवक्ता श्रेष्ठलाई अध्यक्ष बनाउन बुधबार साँझ सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शीर्ष नेतृत्व मोटामोटी सहमतिमा पुगेको स्रोतहरूले दाबी गरेका बेला उनले आयोगमा बस्न अस्वीकार गरेको बताएका हुन् ।

‘बालुवाटारमा त तपाईँलाई अध्यक्ष बनाउने सहमति भएको छ रे नि’ भन्ने प्रश्नमा उनले भने( ‘सहमति त भयो होला तर म आराम गरेर बसेको छु । अनवान्टेड बर्डन (अनावश्यक भार) किन लिने ?’ यसअघि बालुवाटारमा बुधबार साँझ सत्ता पक्ष र प्रतिपक्ष सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका बारेमा छलफलमा जुटेका थिए ।

Advertisement

छलफलमा नेकपाबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, दलका उपनेता सुवासचन्द्र नेम्बाङ सहभागी थिए भने प्रतिपक्षी कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

कांग्रेस नेता लेखकले द्वन्द्वकालीन मुद्दालाई छिट्टै टुंगो लगाउन सकरात्मक छलफल भएको बताए। ‘आयोगको पदाधिकारीको विषयमा सिफारिस समितिले सिफारिस गर्छ’, उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा बनेको विधयेकमा विज्ञसँग छलफल गरेर अन्तिम टुंगो लाग्नेछ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top