हङकङमा दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको आरोपमा २१० युट्यूब च्यानल बन्द

भाद्र ६, एजेन्सी । गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ ।

Advertisement

ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ ।

Advertisement

केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो । भिडियो सर्च इञ्जिन युट्यूबले पनि त्यही कदमलाई निरन्तरता दिएको हो ।

यद्दपि ती कम्पनीहरुको विपरीत गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको भन्दै युट्यूब च्यानलहरु बन्द गरेको हो ।

Advertisement

‘यो हप्ताको सुरुमा समन्वित प्रभाव सञ्चालनबाट बच्नका लागि हामीले गरेको प्रयासलाई प्रभावित पार्न खोज्ने २१० ओटा युट्यूब च्यानललाई बन्द गरिएको छ । ती युट्यूब च्यानलले हङकङमा जारी विरोध झल्किने भिडियोहरु अप्लोड गरेका थिए’, बयानमा भनिएको छ ।

गुगलले राज्य नियन्त्रित मिडिया संगठन जस्तैः चिनियाँ प्रचारक, सिन्ह्वाको विज्ञापन बिक्रीमा रोक लगाउने योजना बनाएको हो भन्ने बारेमा पनि केही बताएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top