काश्मिर मामिलामा कुटनीतिक भूमिका खेल्न कांग्रेसको माग

६ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको काश्मिरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम वस्तीको स्थानान्तरणबारे सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले काश्मीर समस्या बारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए । छिमेकी मुलुकहरुले आ आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याए ।

Advertisement

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दै छ भन्ने संदेश गएको उल्लेख गर्दे उनले यस्तो संदेशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए ।

भारतसंगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असर बारे समयमै सोच्न उनले आग्रह गरे । उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए ।

Advertisement

१९ सय ५० को सन्धिका बारेमा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उनले असन्तुष्टि जनाए । २०४८ साल मै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने तर्क उनले गरे ।

राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले बाजुराका विभिन्न गाउँ बाढी पहिरोको जोखिमको खतरामा रहेको भन्दै जोखिम युक्त बस्तिका बासिन्दालाई सुक्षिप्त स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए । बाजुरा जिल्लाको गौमुल गाँउपालिका १ को अन्द्राणी गाउँमा गाउँ भन्दा तल रहेको खोलामा ठूलो बाढी आएर गाउँ सम्म पुगेको र माथिबाट आएको पहिरोले गाउँ नै असुरक्षित भएको र त्यस्तै किसिमको समस्यामा दर्जन बढी गाउँ परेको भन्दै उनले तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

जोखिममा रहेका वस्ती पहिचान गरि स्थानान्तरणको सुझावसहित विगतमा अध्ययन प्रतिवेदन बुझाउने काम भएको स्मरण गराउदै एककीकृत वस्ती विकासको योजना साथ अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले विपद परेको बेला मात्रै व्यूँझे जस्तो गर्ने त्यसपछि विर्सने सरकारको कार्यशैली लाई “छेपारोको घर बनाउने सपना ” को संज्ञा दिए ।

राष्ट्रियसभा सदस्य खेमराज नेपालीले मैथिली भाषालाई रेडियो नेपालको केन्द्रीय प्रशारणबाट हटाईएकोमा गम्भीर आपत्ति जनाए । मैथिली भाषा एउटा प्रदेशमा मात्रै सिमित नभएको भन्दै मैथिली भाषालाई संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको अर्को बैठक आईतबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top