८ भदौ, विराटनगर । एक नम्बर प्रदेश सरकार मातहतका मन्त्रालयहरुमा नयाँ प्रदेश सचिव आएका छन् । संघीय सरकारले कार्यरतहरुलाई संघमा तानेर हेरफेर गरेपछि नयाँ प्रदेश सचिव आएका हुन् ।
एक नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाशको ठाउँमा संघबाट दामोदर रेग्मी आएका छन् । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालको ठाउँमा संघबाट हरिप्रसाद मैनाली आएका छन् । प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा संघको पुनःनिर्माण प्राधिकरणबाट मुकुन्द निरौला आएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालको ठाउँमा संघको महिला तथा जेष्ठ नागरिक मन्त्रालयबाट वीरबहादुर राई आएका छन् । संघको उर्जा मन्त्रालयबाट शुशीलचन्द्र तिवारी भौतिक पूर्वाधार विकास मन्त्रालयमा आएका छन् । यस्तै उद्योग वन वतावरण तथा पर्यटन मन्त्रालयका सचिव बद्रीप्रसाद ढुंगानाको ठाउँमा संघबाट सञ्जीवकुमार राई आएका छन् ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टको ठाउँमा बिमलकुमार निर्मल र मुख्यमन्त्री तथा मन्दिपरषदको कार्यालयमा मुकुन्द निरौला सरुवा भएर आएका छन् । सरुवा भएर आउने सबै सहसचिव हुन् । एक नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बहाल छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा सञ्जीवकुमार राई आएका छन् ।
हेरफेर भएका सबै प्रदेशसचिवहरु संघमा गएका छन् । संघबाट प्रदेशमा सरुवा भएका सबै प्रदेश सचिवहरु वरिष्ठ सहसचिव हुन् । उनीहरुलाई प्रदेश सचिवको पारिश्रमिकको अतिरिक्त खरिदार सरहको थप सुबिधा खानेगरी संघीय सरकारले प्रदेशमा पठाएको हो ।
२ फागुन २०७४ मा एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा नेकपाका शेरधन राई नियुक्त भएका थिए । ३ फागुन ०७४ मा मुख्यमन्त्री शेरधन राईले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए । मन्त्रिपरिषद गठन भएपछि एक नम्बर प्रदेशमा पटक–पटक सचिवहरु सरुवा हुँदै आएका छन् ।
यो समाचार अनलाईन खबरबाट साभार गरिएको हो ।