राष्ट्रियसभामा उठ्यो रवि र पारसको विषय

७ भदौ ७६, आइतबार

८ भदौ, काठमाडौं । राष्ट्रिय सभा बैठक नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुख ब्यक्त गरेको छ ।

Advertisement

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टी भित्र दुई शिर्ष नेताहरु बीच भएको संवाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए ।

यस किसिमको ब्यबहार र सवांदको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता ब्यक्त गरे । देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले समृद्धि तर्फ बढ्न बाधा पुग्ने उनले बताए ।

Advertisement

यस्तै बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बास्कोटाले भने पारस शाहले अन्तराष्ट्रिय बिमांनस्थलमा प्रहरी माथि गरेको दुब्र्यबहारमा किन कारबाही नगरेको भन्दै सरकारसँग रोष प्रकट गरे । यस्तै सांसद बास्कोटाले देशमा अवान्छित गतिबिधिहरु बढ्ने, विभिन्न बहानामा कानून हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिबिधि बढ्दा सरकार के गरेर बसेको छ’ भनेर प्रश्न गरे ।

रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक संजालमा अवान्छित गतिबिधि हुँदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश पनि ब्यक्त गरे ।

Advertisement

काठमाडौँ चितवन लगायतका क्षेत्रमा बढेको अवान्छित गतिबिधि रोक्न सरकारले गरिरहेको काम बारे सदनमा जानकारी गराउन माग पनि गरे । विशेष समयमा बोल्ने अन्य वक्ताहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top