×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी र सहकारीपीडितका लागि सरकारको नीति कस्तो ?|| Nepal Times
May 11, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-28-2083 || Nepal Times
May 11, 2026
Playing
बालेनको दाबी र मुद्दा फस्र्यौटको वास्तविकता कसरी फरक भयो ? || Nepal Times
May 11, 2026
Playing
इङ्ल्याण्डको क्रिकेट टोली नेपाल आउने सम्भावना उच्च|| Nepal Times
May 11, 2026
Playing
जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो|| Nepal Times
May 11, 2026
Playing
युद्धकैबीच नेतन्याहुले किन भने अमेरिकी सैन्य सहायताको निर्भरता घटाउनुपर्छ ?|| Nepal Times
May 11, 2026
Playing
World News: इराकमा इजरेलको गोप्य सैन्य अखडा, कंगोमा ६९ जनाको सामूहिक ह*त्या || Nepal Times
May 11, 2026
Playing
क्युवाको तटमा अमेरिकाले बढायो सैन्य गतिविधि, के हो संकेत?|| Nepal Times
May 11, 2026
Playing
Hongkongमा सेल्टरः किन डराए देउवा? ११५ रोपनी जग्गाको रहस्य ! || Nepal Times
May 11, 2026
Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026

उत्तर कोरियालीलाई नेपालमा पनि कडाइ

९ भाद्र २०७६

९ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाल अग्रसर देखिएको छ। यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन्।

राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि नाकाबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेको थियो। त्यसपछि नेपाल उत्तर कोरियाली लगानी बन्द गर्न उनीहरूलाई फर्काउन दबाबमा परेको हो। सरकारले उनीहरूका गतिविधिमा कडाइ गरेको छ।

Advertisement
Advertisement

उत्तर कोरियालीका गतिविधि सूक्ष्म ढंगले निगरानी भइरहेको ’, गृह मन्त्रालयका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘पछिल्लो समय उनीहरूको भिसासमेत नियमित भएको छैन। नेपालमा व्यवसाय गर्दै आएका कतिपय उत्तर कोरियाली फर्किन थालिसकेका छन्।पहिल्यै लिएको व्यापारिक भिसासमेत नवीकरण भएको छैन।

गृहले तत्काल भिसा नदिने नीति अख्तियार गरेको छ। अध्यागमन विभागले भिसा जारी गर्न छाडेको छ। अध्यागमनले तीन महिनायता व्यापारिक भिसा दिएको छैन। उनीहरूले श्रम स्वीकृति लिएर नेपालमा काम गरेका छैनन्।

राष्ट्रसंघले उनीहरूलाई अन्य मुलुकमा गएर काम गर्न, आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाएको छ। सदस्यराष्ट्रका नाताले नेपालले पनि नाकाबन्दी कार्यान्वयन गर्न बाध्यकारी हुने भनिएको छ।संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन भएको बुझ्दा अन्यथा हुँदैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने। उनका अनुसार राष्ट्रसंघको निरन्तर दबाबका कारण सरकारले नाकाबन्दी कार्यान्वयन गरेको हो।

नेपाल उत्तर कोरियाबीच २०३१ जेठ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। ललितपुरको बखुन्डोलमा उत्तर कोरियाली दूतावास छ। नेपालमा लगानी सुरक्षित ठान्दै आएका उत्तर कोरियाली नाकाबन्दीका कारण अप्ठेरोमा देखिएका छन्। दूतावासको संरक्षणमा ती देशका नागरिकको लगानीमा अस्पताल, रेस्टुरेन्ट सूचनाप्रविधिका दुई कम्पनी सञ्चालनमा थिए।

तनहुँको दमौलीमा १५ वर्षदेखिनेकोर्योअस्पताल सञ्चालनमा थियो। त्यसको स्वास्थ्य सेवा बन्द छ। त्यहाँ कार्यरत डाक्टर आफ्नो देश फर्किसकेका छन्। उनीहरू व्यापारिक भिसामा नेपाल आएका थिए।

यस्तै, दुई सूचनाप्रविधि (आईटी) कम्पनी बन्द भएका छन्। थापाथलीस्थित सेन्टजेभियर्स कलेजनजिक खोलिएको योङ बोङ चन्द आईटी कम्पनी ललितपुर सातदोबाटोमा खोलिएको हिमाल चिल्बो टेक्निकल सोलुसन कम्पनी बन्द भएका छन्। योङ बोङ चन्द कम्पनीमा सात हिमाल चिल्बोमा जना आईटी इन्जिनियर कार्यरत थिए। उनीहरू प्योङयाङ फर्किसकेको स्रोतले जनाएको छ। गृहले भिसा दिन रोकेपछि उनीहरू फर्किएका हुन्। उद्योग विभागले पनि उनीहरूलाई भिसा सिफारिस गर्न छाडेको छ।

नेपालमा आईटी कम्पनी खोलेर विभिन्न बैंक तथा वित्तीय संस्था ह्याक गर्ने गरेको आरोप उत्तर कोरियालीलाई लागेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरे पनि ह्याकिङमा संलग्न भए÷नभएको पुष्टि भने हुन सकेन। आउटसोर्सिङमार्फत आईटी कम्पनी चलाउँदै आएका उनीहरू पछिल्लो पटक नेपाली कम्पनीको काम लिन प्रतिस्पर्धा गर्ने तयारीमा थिए। उनीहरूले नेपाल टेलिकमका काम लिन लबिङ गर्दै आएका थिए।

दरबारमार्गस्थित प्योङयाङ आरिराङ नामको रेस्टुरेन्ट पनि बन्द भएको छ। त्यहाँ कार्यरत केही आफ्नो देश फर्किसकेका छन्। केही भने राइजिङ मलको तेस्रो तलामा सञ्चालित बोटाङगाङ रेस्टुरेन्टमा कार्यरत छन्। उनीहरू कसैले श्रम स्वीकृति लिएका छैनन्। उनीहरू व्यापारिक भिसामा आएका हुन्। बोटाङगाङमा कार्यरत १४ जनाको भिसाको म्याद सकिएको छ। केहीले लिएको पर्यटक भिसाको म्यादसमेत गुज्रिसकेको छ। लाजिम्पाट ठमेलमा नयाँ रेस्टुरेन्ट खोल्ने तयारी गरे पनि सम्भव भएन।

Advertisement
Advertisement

अमेरिका उत्तर कोरियाबीचका पछिल्ला दुई वार्ता विफल भएपछि द्विपक्षीय सम्बन्ध पुनः चिसिन थालेको छ। जसका कारण उत्तर कोरियाली शासक किम जोङ उनले आणविक हतियार परीक्षण गर्न थालेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम उनबीच तेस्रो चरणको वार्ता हुने जनाए पनि त्यस्तो अवस्था देखिएको छैन।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top