पीएसजीको प्रभावशाली जित, मोटिङ चम्किए

८ भदौ ७६, सोमबार

९ भदौ, एजेन्सी ।

साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा पीएसजीले टोलुसोमाथि ४–० को फराकिलो जित निकालेको हो ।

वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे । पीएसजीले एक गोल उपहार पाएको थियो ।

Advertisement

पार्क डि प्रिन्सेस पेरिसमा आइतबार राति घरेलु टोलीले टोलुसोलाई खेलको सुरुवातदेखि नै लगातार दवावमा दिएको थियो । तर पनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो ।

Advertisement

१४औं मिनेटमा चोटग्रस्त एडिन्सन काभानीको स्थानमा मैदान छिरेको इरिक म्याक्सिमले ५०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा आत्मघाती गोलबाट पीएसजी खेलमा २–० ले अघि बढ्यो । डि मारियाको क्रसमा पाब्लो सारावियाले फ्लिक गरेको बल म्याथ्यु गोन्कालभेसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

७१औं मिनेटमा एन्जल डि मारिया पेनाल्टीमा चुक्यो । गोन्कालभेसले पेनाल्टी एरियामा डि मारियालाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहारलाई गोलरक्षक बाप्टिस्टे रेनेटले बचाएका थिए ।

तर, ७५औं मिनेटमा इरिकले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । उनले जुआन बर्नाटको पासमा गोल गरेका थिए ।

खेल सकिन ७ मिनेट बाँकी रहँदा मार्किनेसले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । जितसँगै पीएसजी ३ खेलबाट ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top