९ भदौ, मोरङ । मोरङको सुनबर्षी नगरपालिका–२ स्थित कमिनिखोलाको पैनीको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ पथरीशनिश्चरे नगरपालिका –६ बस्ने बर्ष ५१ का धनबहादुर सार्किको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
सार्किलाई उक्त खाल्डोमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरीको टोलीले आवश्यक कानूनी प्रकृया पूरा गरेको प्रहरी कार्यालयले जनाएको छ ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]