संखुवासभामा करेन्ट लागेर बालिकाको मृत्यु

८ भदौ ७६, सोमबार

९ भदौ, संखुवासभा ।
संखुवासभाको पांचखपन नगरपालिका –३ बस्ने राजकुमार राईकी १४ बर्षिया छोरी एलिना राईको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार राती ८ बजे घरको खुल्ला तारबाट अचानक करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् । घाइते राईलाई तल्काल उपचारको लागि जिल्ला अस्पताल खाँदबारी तर्फ लैजाँदै गर्दा रातीे पौने ११ बजे उनको बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top