महिलाविरुद्धका हिंसा अन्त्यको अनुभूति दिलाउन संसदीय समितिको निर्देशन

महिलाविरुद्धका हिंसा अन्त्यको अनुभूति दिलाउन संसदीय समितिको निर्देशन

९ भदौ, काठमाडौं ।

संसदीय समितिले सबै किसिमका महिलाविरुद्धका हिंसा अन्त्यको अनुभूति हुने गरि प्रभावकारी र परिणाममुखी कार्यसम्पादन गर्न महिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले महिला विरुद्धका हिंसाका घटनामा कमि आउन नसकेको, हिंसाको दोषिलाई कारवाहीको दायरामा ल्याउने कामनहुदा दण्डहिनता बढ्दै गएको भन्दै हिंसा अन्त्यको क्षेत्रमा परिणाममुखी कार्य सम्पादनगर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

महिला मन्त्रालयका तर्फबाट समितिमा पेश भएको हिंसा अन्त्यका लागि भएको प्रयास र प्राप्त उपलब्धि सम्बन्धी प्रतिवेदन सन्तोषजनक नभएको भन्दै समितिले तत्काल प्रभावकारी रणनीति, कार्य नीति तयार गरि परिणाममुखी कार्यसम्पादन गरि सोको जानकारी आवधिक रुपमा समितिलाई गराउन निर्देशन दिएको हो ।

समिति सदस्यहरुले हिंसाका घटनामा कमि आउनुको सट्टा बढ्दै गएको, निर्मलापन्तको हत्यारा पत्ता लगाउन नसकेको तथा हिंसा मुक्त समाज निर्माणका लागि आवश्यक पहलकदमी नभएको तर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले विद्यमानकानुनको प्रभावकारी कार्यान्वयनकालागि पनि जोड दिए ।

बैठकमा महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हिंसा अन्त्यका लागि मन्त्रालयले तात्कालिक र दीर्घकालिन गरि विभिन्न चरणका कार्ययोजनाबनाई लागु गरिरहेको बताइन् ।

कानुन कार्यान्वयनले मात्रै महिला हिंसा अन्त्य नहुने भन्दै उनले हिंसा अन्त्यकालागि सबै नागरिक सचेत हुनुको साथै दायित्वबोध गर्नुपर्ने आवश्यकता औल्याए । गतबर्ष भदौ ८ गते प्रतिनिधिसभाबाट महिला हिंसा विरुद्धको संकल्प प्रस्तावपारित भएपछि हिंसा अन्त्यका क्षेत्रमामन्त्रालयले गरेका कार्य र प्राप्त उपलब्धिको बारेमा समितिले संकल्प प्रस्तावक, समर्थक र सम्बन्धीत मन्त्रीसंग छलफल गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.