एनसेल माथि सरकारले निर्धारण गरेको कर खारेज, प्रक्रियामा आपत्ति

एनसेल माथि सरकारले निर्धारण गरेको कर खारेज, प्रक्रियामा आपत्ति

१० भदौ, काठमाडौं। सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेललाई लगाएको लाभकर खारेज गरेकोे छ । सर्वोच्च अदालतको पूर्ण इजलासले सोमबार एनसेलको कर निर्धारण प्रक्रिया खारेज गरेको हो । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीसहित पाँच जना न्यायाधीशको पूर्ण इजलासले एनसेलको कर निर्धारण प्रक्रियामा आपत्ती जनाउँदै उक्त आदेश दिएको हो ।

एनसेल कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षण नहुँने फैसला सुनाएको छ । सर्वोच्च अदालतले ठूला करदातालाई ऐनको दफा १२०(क) बमोजिम शुल्क लगाउने अधिकार सुरक्षित रहेको छ । ठूला करदाता कार्यालयको गत वैशाख को कर निर्धारण आदेश आजको उत्प्रेषण आदेशद्वारा वदर भएको छ ।

अदालतको आदेशसँगै करिब ४० अर्ब रुपैयाँको कर दायित्व भएको एनसेललाई लाभकर भुक्तानीमा राहत मिलेको छ । ठूला करदाता कार्यालयले २०७४ असार १३ गते २०७२ चैत २९ गतेबाट करको दायित्व सिर्जना भएको र सोही बमोजिमको कर तिर्न एनसेललाई ताकेता गरेको थियो ।

ठूला करदाता कार्यालयले वैशाख पहिलो साता एनसेल माथि ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यो अवधिमा एनसेलले सरकारलाई २३ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको छ । ३९ अर्ब रुपैयाँ भुक्तान गर्न वाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.