१५ भदौ,विराटनगर । विराटनगर आँखा अस्पतालले विराटनगर महाननगरका सामूदायिक विद्यालयका विद्यार्र्थीहरुको दृष्टीदोष हटाउन गाडी भित्र नै आँखा उपचार केन्द्रसहितको सुविधायुक्त ‘ भिजन भ्यान ’ आइतबारदेखि सञ्चालनमा ल्याएको छ ।
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले गायत्री संस्कृत माविमा आइतबार भ्यानको उद्घाटन गर्दै आर्थिक रुपमा कमजोर रहेका सामूदायिक विद्यालयका विद्यार्र्थीलाई सेवा पु¥याउन सुरु गरिएको सेवा प्रति खुशी ब्यक्त गरे । उनले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसंग समन्वय गरी मोतियाविन्दु रहित अभियान सञ्चालन गरी निशुल्क रुपमा नगरवासीहरुलाई शल्यक्रिया सेवा उपलव्ध गराएको जानकारी दिए ।
अरविट इन्टरनेशनलले रिच प्रोग्राम अन्तर्गत ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति संघ मोरङको १० लाख गरी ४२ लाख ७२ हजारको लगानीमा तयार भएको सो भ्यानमा विद्यालयका विद्यार्र्थीहरुको सम्पूर्ण आँखा परीक्षण गर्नुका साथै चश्मा समेत निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ । उक्त भ्यानमा दृष्टि परीक्षण उपकरण, स्लीट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्त चश्मा तयार गर्ने व्यवस्था गरिएको छ ।
बाताकुलिनित भ्यानको अगाडि टेलिभिजन राखी विभिन्न जनचेतना जागृत गराउने सामाग्री समेत प्रर्दशन गरिने भएको छ । विद्यार्र्थीहरुको परीक्षण पश्चात शल्य चिकित्सा गर्नु पर्ने भएमा विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था पनि गरिएको छ । यो अभियानबाट आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालवालिकाहरुको आँखा परीक्षण गर्नुका साथै आवश्यक पर्नेलाई चश्मा समेत वितरण गरिने लक्ष्य लिएको छ ।
पूर्वाञ्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधिर ठाकुरले विगत ३६ वर्षको अवधिमा लाहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिए । अरविश इन्टरनेशल वेलायतका डेविट ब्रुस फ्रुस्टेनले स्थलगत रुपमा विद्यालयमा विद्यार्र्थीहरुको दृष्टिदोष परीक्षण भ्यानको सुविधाले प्रभावकारी कार्य हुने विश्वास व्यक्त गरे । विराटनगर आँखा अस्पतालले सन २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नुका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।