‘वाईवाई ग्लोकल टिन हिरो-२०१९’को उपाधी समिरलाई

१५ भदौ ७६, सोमबार

१५ भदौ,काठमाडौँ । ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’को उपाधी १६ बर्षिय समिर फुयालले जितेका छन् । विश्वभरका १३ हजार भन्दा बढी विद्यार्थीलाई अनलाईन मार्फत पढाई रहेका फुयाल वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी जनकपुरका विधी मण्डल, पोखराका विक्रम पराजुली, रुपन्देहीका लोक पन्थी, मकवानपुरका रचिन कालाखेती र काठमाडौँका सुप्रिया महर्जन सापकोटालाई पछि पार्दै सो उपाधी जितेका हुन्।

Advertisement

आईतबार राजधानीमा आयोजित समारोह ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’ को उपाधी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री योगेश भट्टराईले बिजेतालाई हस्तान्तरण गरेका थिए। वाई वाई ग्लोकल टिन हिरो बन्नका लागि १८ बर्ष मुनिका ५९८ जना किशोर किशोरीले आवेदन दिएका थिए।

Advertisement

आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका थिए।

‘ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर/किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले ५ बर्ष देखी यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top