चिनियाँ ह्याकरका पैसा साटिदिने ३ नेपालीपनि पक्राउ

चिनियाँ ह्याकरका पैसा साटिदिने ३ नेपालीपनि पक्राउ

भदौ १६, काठमाडौं । चिनियाँ ह्याकर समूहले निकालेको पैसा साटिदिने ३ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र नेपालय मनी एक्सचेन्जका सञ्चालकहरु रोशन श्रेष्ठ तथा म्यानेजर रेवती दवाडी रहेको प्रहरीले जनाएको छ ।

चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर लिकालेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए ।पक्राउ परेका चिनियाँहरुसँगको बयानका आधारमा पैसा साट्ने मनी एक्सचेञ्जका सञ्चालकहरु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए ।

एटीएम ह्याक गरी पैसा निकालेको जानकारी भएर पनि पैसा साटेर चिनियाँलाई भगाउन सहयोग गरेको देखिएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै मनी एक्सचेञ्जले स्रोत नखुलेको ठूलो रकम साटेकाले थप अनुसन्धान समेत भइरहेको प्रवक्ता बोगटीले जानकारी दिए ।

एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा शनिबार पाँच जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा पैसा लिएर भाग्दै गरेका अर्का एक जना चिनियाँ नागरिक आइतबार साँझ त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

अहिलेसम्म एटीएम ह्याक प्रकरणमा ९ जना पक्राउ परिसकेको र यसबारेमा अझै अनुसन्धान भइरहेको बोगटीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.