च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको शानदार जित

१ फागुन ७४, बुधबार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर सिटीले एफसी बासेलमाथि प्रभावशाली जित दर्ता गरेको छ ।

बासेलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले स्वीस फुटबल क्लब एफसी बासेललाई ४–० ले हराउँदै शानदार जित निकालेको हो।

म्यानचेस्टर सिटीको जितमा एलकेयी गुण्डोगानले दुई तथा बेर्नार्डो सिल्भा र सर्जियो अग्यूरोले एक-एक गोल गरे।

Advertisement

खेलको १४ औं मिनेटमा गुण्डोगानले गोलबाट अग्रता लिएको सिटिले त्यसको चार मिनेटपछि सिल्भाको गोलमा अग्रता दोब्बर पार्‍यो। २३ औं मिनेटमा अग्यूरोले गोल गरेपछि पहिलो हाफमा सिटी ३–० को अग्रता बनाउन सफल भयो।

दोस्रो हाफमा केही लयमा देखिएको घरेलु टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो। ५३ औँ मिनेटमा गुण्डोगानले पाएको मौकालाई सदुपयोग गर्दै सिटीलाई पहिलो लेगमा ४–० को शानदार जित दिलाउन सफल भए।

Advertisement

दोस्रो लेग आउँदो मार्च ७ मा सिटीको मैदानमा हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top