नेपाललाई तेस्रो सफलता

१ फागुन ७४, बुधबार

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध तेस्रो सफलता हात पारेको छ।

Advertisement

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिएका छन् भने बसन्त रेग्मीले १ विकेट हात पारेका छन्।

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा दोस्रो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए। गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडियो।

Advertisement

यस्तै सन्दीप लामिछानेले क्यानडा कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरेका छन्। यस्तै सन्दीपले  धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे।

अहिले क्यानडाका लागि ओपनर विजयरत्ने र नवनित धालिवाल  ब्याटिङ गरिरहेका छन्।

Advertisement

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले १८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६७ रनमा खेलिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top