२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ ।
एकआपसमा भिड्दा दुबै टोली ‘गर वा मर’ को अवस्था हुनेछन् ।
जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हारले यो सपना टुट्नेछ ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानाडाको ब्याटिङ शशक्त छ भने नेपालको बलिङ ।
फ्रेस पिचमा खेलाइने आजको खेलमा जसले टस जिते पनि पहिला फिल्डिङ रोज्ने सम्भावना छ । नेपालले टस जितेका तीन वटै खेलमा पहिले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध पराजित भयो ।
विपक्षीलाई सस्तो योगफलमा समेट्ने र ब्याट्म्यानहरुले बिस्तारै रन बटुल्दै लक्ष्यसम्म पुग्ने नेपालको स्टाइल हो ।