१८ भदौ, काठमाडौं ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न एक पछि अर्का नेता सिंगापुर जाने क्रम बढेको छ । आज दिउँसो १ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख बामदेव गौतम पनि सिंगापुर जाँदैछन् ।
मंगलबार पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न त्यसतर्फ गएका बेला बुधबार गौतम पनि उड्न लागेका हुन् । सोमबार दुवैजना सँगै जाने सूचना बाहिर आएको थियो । तर मंगलबार पौडेल एक्लै उडेका थिए ।
प्रधानमन्त्री ओलीले फेरि फोन गरेर बोलाएपछि गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएकाले बामदेम त्यसतर्फ जान लागेको जनाइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रिया आज (बुधबार) सकिँदैछ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।