भदौ १८, विराटनगर । दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ कामुख्यमन्त्री शेरधन राईले पहलथालेका छन् ।
मुख्यमन्त्री राईले बुधबारआफ्नै कार्यकक्षमा प्रसारण लाइनको अवरोधको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गरेका छन । मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदीसहित, ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग मुख्यमन्त्री राईले समस्या सुल्झाउने बारेमा छलफल गरेका हुन् ।
यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइनअवरोध छ । छलफलमा क्रममा प्रसारण लाइनको अवरोध हटाउन आफुले पहलकदमीलिने र सबै मिलेर समाधान खोज्नुपर्छ मामुख्यमन्त्री राईले जोड दिएका थिए ।
मुख्यमन्त्री राईले प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा सावधानगर्न आफु लागि पर्ने पनि बताए । लामो समयदेखि दुहबी–कटहरी प्रसारण लाइन स्थानीयको अवरोधका कारण कटहरी शवस्टेसनमा जोडने कार्य रोकिएको छ ।
स्थानीयको अवरोधका कारण विराटनगर क्षेत्रमा ट्रिपल लोडका कारण पटक पटक बत्ती जाने समस्या रहदै आएको छ।