नाडाल यूएस ओपन टेनिसको अन्तिम चारमा प्रवेश

नाडाल यूएस ओपन टेनिसको अन्तिम चारमा प्रवेश

१९ भदौ, एजेन्सी ।

विश्व नम्बर दुई टेनिस खेलाडी राफेल नाडाल यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विहीबार भएको क्वार्टरफाइनलमा अर्जेन्टिनी खेलाडी डिएगो स्वाट्र्जम्यानलाई ३–० को सोझो सेटमा हराउँदै नाडाल अन्तिम चारमा प्रवेश गरेका हुन् ।

१८ पटकका ग्राण्डस्लाम विजेता स्पेनिस स्टार नाडालले २१ औं वरीयताका डिएगोलाई ६–४, ७–५ र ६–२ को सेटमा हराए । फाइनल प्रवेशका लागि अब नाडालले इटालीका माटियो बेरेट्टिनीसँग प्रतिस्पर्धा गर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.