१९ भदौ, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माल्दिभ्स भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
चौंथो हिन्द महासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुगेका मन्त्री ज्ञवालीले, सम्मेलनमा हिन्द महासागरको स्रोतको न्यायोचित वितरण तथा भूपरिवेष्ठित मुलुकलाई पनि निर्वाध यातायातको व्यवस्था हुनुपर्ने विषय उठाएको बताए ।
देशको अन्तर्राष्ट्रिय व्यापार हिन्द महासागरबाट हुने हुँदा त्यस क्षेत्रको व्यवस्थापन र चुनौतीलाई सम्बोधन गर्ने विषयमा नेपालको पनि चासो रहने उनको भनाई थियो ।
सम्मेलनका दौरान मन्त्री ज्ञवालीले माल्दिभ्स, सिगांपुर, मौरिसस र भियतनामका परराष्ट्र मन्त्रीहरुसँग भेटवार्ता समेत गरेका थिए ।
भेटवार्तामा वहुपक्षिय विषयहरुमा छलफल भएको र यसले ती देशहरुसँगको सम्बन्धमा थप उर्जा थप्ने विश्वास उनले व्यक्त गरे ।