मेलम्ची आन्दोलनकारीमाथि रबरको गोली र अश्रुग्यास प्रहार

१८ भदौ ७६, बिहीबार

१९ भदौ, सिन्धुपाल्चोक ।
मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बूको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ।

बिहिबार दिउँसो करिब ३ बजे उक्त घटनामा परी दुई मजदुर घाइते भएका छन्। उनीहरुको हातमा रबरको गोली लागेको छ।

आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी (सिएमसी)सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा छन्। बुधबार पनि उनीहरुले मेलम्ची बजारस्थित खानेपानीको कार्यालयमा घेराबन्दी गरेका थिए।

मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३ सयको संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

सो क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि चेकपोष्टमा तैनाथ सशस्त्र प्रहरीको टोलीले ८, ९ थान अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय हेलम्बूका इन्पेक्टर मणिराम लामिछानेले दाबी गरे। तर आन्दोलनकारीले भने रबरको गोली प्रहार गरेको आरोप लगाएका छन्।

‘शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गरेको आन्दोलनका अगुवा उत्तरकुमार श्रेष्ठले जानकारी दिए ।
आन्दोलनकारीले संघर्ष चर्काउन थालेपछि मुहानस्थल सुरक्षाको लागि बुधबारबाट १५ जना थप सशस्त्र प्रहरीको टोली खटाइएको छ।

सिएमसीले आपूर्तीकर्ता, मजदुर र स्थानीय व्यापारीलाई एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। भुत्तानी माग गर्दै आएका उनीहरुले भदौ शुरुदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top