एटीएमबाट रकम झिक्न कडाइ ,दिनमा ६० हजारमात्रै झिक्न मिल्ने

भदौ १९, काठमाडौं । नेपाल राष्ट्र बैंकले अएटीएमबाट निकाल्न सकिने रकम घटाएको छ । शनिबार चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले एटीएमबाट रकम निकाल्नमा कडाइ गरेको हो ।

राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक दिनमा ६० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरिएको बताए ।

Scroll to Top