सेरेना विलियम्स फाइनलमा प्रवेश

सेरेना विलियम्स फाइनलमा प्रवेश

२० भदौ, एजेन्सी ।

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् ।

कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधिको पर्खाईमा रहेकी सेरेनाले नेपाली समय अनुसार शुक्रबार बिहान भएको सेमिफाइनलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेकी हुन् ।

३७ वर्षकी सेरेनाले पाँचौँ बरियताकी युक्रेनी खेलाडी एलिना स्वीतोलिनालाई पराजित गरेकी हुन् । सेरेनाले एलिनालाई ६–३ र ६–१ ले पराजित गरेका हुन् । सेरेना हाल आठौँ बरियतामा छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.