विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार

विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार

२० भदौ, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकामा बिहानै विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार एसिड प्रहार भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

छपकैयास्थित आफनो घरबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले खातुनलाई वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् । बिहान ६ बजे विद्यालय जादै गर्दा अचानक खातुनमाथि एसिड प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.