श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

१९ भदौ ७६, शुक्रबार

२० भदौ, काठमाडौं ।

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।

घरेलु टोलीविरुद्व नेपाल जित निकालेर सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।

पछिल्ला पाँच खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलंकामानै यू१९ एसिया कपमा नेपालले कडा टक्कर दिएपनि एक रनले पराजित हुन पुगेको थियो । त्यस्तै उत्कृष्ट प्रर्दशनको अपेक्षा नेपाली युवा टोलीबाट गरिएको छ ।

एसिया कप अघि तयारी स्वरुप नेपालले श्रीलंकाका तीन स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । जसमा २ मा हार र १ मा जितको नतिजा निकालेको थियो । श्रीलंकाले पाकिस्तानसँग ५ अभ्यास खेल ३(२ ले हारेको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल, स्पिनर सागर ढकाल र अलराउन्डर पवन सरार्फ प्रमुख हतियार हुन् । त्यस्तै शीर्ष खेलाडी भिम सार्की,कमल सिंह ऐरी,आशिफ शेख र हरि बहादुर चौहानको प्रर्दशन पनि नेपाललाई महत्वपूर्ण हुने छ ।

विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जय श्रीलंकाका कप्तान हुन् । निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको फाइनलमा पुगेको थियो । त्यस्तै प्रथम श्रेणी खेली सकेका कामिल मिश्रा र रोहन सञ्जय पनि नेपाललाई घातक बन्न सक्छन् ।

आजको खेलमा प्रतिस जि.सी, खडक बोहरा, लोकेश बम र सन्दीप जोरा बेन्चमा रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top