१६ किलो सुनसहित पक्राउ परेका गुरुङ पुर्पक्षका लागि थुनामा

१९ भदौ ७६, शुक्रबार

२० भदौ, गोरखा ।
गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि थुनामा पठाइएको छ।

Advertisement

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

थुनछेक बहसपछि थुनामा राखेर कारबाही अघि बढाउन अदालतले दिएको आदेशानुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top