मानव बेचविखन रोक्न सरकार कानुनी प्रयासमाःगृहमन्त्री

१९ भदौ ७६, शुक्रबार

२० भदौ, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गरेका छन् ।

गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको पनि बताए ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानव बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागिसमाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्तामा पनि जोड दिए ।

मन्त्री थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पारे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top