नेपाली सेनाको गणभित्रै भेटियो महिलाको शव

२० भदौ ७६, शनिबार

२१ भदौ, बर्दिवास ।

Advertisement

महोत्तरीको बर्दिवास नगरपालिका–८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र शनिवार एक महिलाको बेवारिसे शव भेटिएको छ ।

नाम थर खुल्न नसकेको कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी, कम्मरमा रातो सल बाँधेकी अन्दाजी ३५ वर्षीया जस्तो देखिने र शरीरका विभिन्न भागमा चोट लागि रक्तश्राव भएको अवस्थामा महिलाको शव भेटिएको हो ।

Advertisement

शनिवार बिहानै नेपाली सेनाको टोली मर्निङवाक जाने क्रममा देखेपछि प्रहरीलाई खबर गरेकोे बर्दिवास प्रहरीका प्रहरी निरीक्षक अशोक कुमार शाहले जानकारी दिए ।

शव शंकास्पद भएकाले घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top