कांग्रेसले तोक्यो जागरण अभियानका प्रदेश प्रतिनिधि

कांग्रेसले तोक्यो जागरण अभियानका प्रदेश प्रतिनिधि

२३ भदौ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

कांग्रेसले सोमबार सातै प्रदेशको प्रतिनिधिको टुंगो लगाएको हो । आइतबार प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा खटिने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको थियो ।

सोमबार प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा खटिने प्रतिनिधिको टुंगो लगाएको हो । योसँगै सातै प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

जागरण अभियानमा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटाइएको छ । कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि असोज ७ गतेसम्म चल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.