एनसेल कर बारे छानविन गर्न सांसदहको माग

२३ भदौ ७६, मंगलबार

२४ भदौ, काठमाडौं । सांसदहरुले एनसेल कर बारे न्यायलयले गरेको आदेशको संसदले छानविन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मोहन बानिया र यज्ञराज सुनुवारले राजश्व असुलीका सम्बन्धमा न्यायलयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानविन हुनुपर्ने माग गरेका हुन्।

सांसद मोहन बानियाले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार मिच्ने काम भएको भन्दै क्षेत्राधिकार मिच्ने निकायलाई महाअभियोग लगाउनुपर्ने माग गरे ।

सांसद यज्ञराज सुनुवारले विगतमा राज्यको गलत नीतिका कारण देश गरिब व्यक्ति धनी भएको चिनारी बनेको उल्लेख गर्दै एनसेलका बारेमा पछिल्लो दिनमा सर्वोच्च अदालतले गरेको आदेश बारे संसदले छानविन गर्नुपर्ने माग गरे ।

सो फैसलाले एनसेल र यसका संञ्चालकलाई मात्रै नभई फैसला गर्ने र वरपरका लागि पनि फाईदा पुगेको भन्ने सर्वसाधरणबीच चर्चा हुन थालेको भन्दै उनले न्यायलयको सम्मानका लागि संसदले सो आदेशका बारेमा गम्भीर छानविन प्रक्रिया अघि बढाउन माग गरे ।

बिशेष समयमा एनसेलदेखि बजार भाउ र एसिडका विषय

त्यसैगरी विशेष समयमा बोल्दै सांसद खगराज अधिकारीले एनसेलको लाभांस कर कुनै पनि अवस्थामा असुली हुनुपर्ने धारणा राखे । संसदमा एनसेलको लाभांस कर उठाउने सम्बन्धमा सांसदहरुले उठाएको आवाजको सुनुवाई गर्दै सम्बन्धित निकायले भ्रष्टाचार नियन्त्रणमा कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

यसैगरी शुन्य समयमा बोल्दै सांसदहरुले मुल्यवृद्धि लगायत समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद बिमला नेपालले चाडपर्व नजिकिदै गर्दा बजार भाउ आकासिएको भन्दै मूल्य नियन्त्रणको लागि अख्तियार गरेको सरकारको योजना सदनलाई जानकारी गराउन माग गरे ।

सांसद भरतकुमार शाहले दैनीक ज्यालादारी गर्ने तथा भरीयाहरुलाई पनि अनिवार्य प्यान कार्ड लगाउने काम न्यायसंगत र तर्कसंगत नभएको भन्दै सो ऐनप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद भिमसेनदास प्रधानले केही हिमाली जिल्ला बाहेकका जिल्लामा डेंगु संक्रमण बढेको भन्दै महामारी फैलनु अघि नै त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मनकुमारी जिसीले एचआईभी संक्रमितहरुको स्वास्थ्य विमामा समस्या देखिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद महेश्वजंग गहतराज अथकले तराई जिल्लामा छाडा छोडिएका पशु चौपायका कारण किसानको बालीनालीमा क्षतिपुग्नुको साथै दुर्घटना पछि बढाएको भन्दै छाडा छोड्नेलाई कारवाही गर्न माग गरे ।

सांसद मिनाक्षी झाले भदौ २० गते विगरञ्जमा किशोरिमाथि भएको एसिड आक्रमण र नवलपरासी पश्चिम सुस्ता गाँउपालिकामा कार्यालय हिडेकी युवतीको बलात्कारको घटना प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउदै महिलाको सुरक्षाको उचित व्यवस्था गर्न माग गरिन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top