×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त

२५ भाद्र २०७६

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन् ।

इरान, अफगानिस्तान र अन्य विश्वव्यापी चुनौतीहरुका बारेमा मतभेद रहेपछि राष्ट्रपति ट्रम्पले बोल्टनलाई बर्खास्त गरेका हुन् ।

Advertisement
Advertisement

बोल्टनले ट्रम्पको परराष्ट्र नीतिप्रति असहमति जनाएका थिए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोनले राजीनामा गरेको ट्वीट गर्दै पुष्टि गरेका छन् ।

बोल्टनले सन् २०१८ को अप्रिलबाट ट्रम्प प्रशासनको सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । उनी माइक फ्लाइन र एचआर म्याकमास्टरपछि राष्ट्रपति ट्रम्पका तेस्रो सुरक्षा सल्लाहकार थिए ।

संयुक्त राष्ट्र संघको महासभा शुरु हुनु एक हप्ता अघि मात्र सुरक्षा सल्लाहकार बोल्टनको राजीनामा आएकाले विश्व मञ्चमा ट्रम्पले आफ्ठेरोका सामना गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्ला दिनहरुमा बोल्टन र विदेश सचिव माइक पोम्पेओबीच राष्ट्रपति ट्रम्पको चाहना अनुसार विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग कसरी वार्ता गराउने भन्ने बारेमा तनाव बढेको थियो ।

Advertisement

इरनी राष्ट्रपतिसँग गर्ने भनिएको वार्ताका लागि सहजिकरण नगरेको आरोपमा ट्रम्ले बोल्टनलाई बर्खास्त गरेको बताइएको छ । पछिल्लो समय बोल्टनलाई ह्वाइटहाउसका सूचना चुहावट गरेको पनि आरोप लागेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top