प्रविधिको विकासमा आवश्यक पहल भइरहेको छः सञ्चारमन्त्री

प्रविधिको विकासमा आवश्यक पहल भइरहेको छः सञ्चारमन्त्री

२५ भदौ, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् ।

मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको स्पष्ट पारे । ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरमले बुधबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको पनि स्मरण गरे ।

उनले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताए । मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.