स्क्रब टाइफसका कारण सुदूरपश्चिममा एकको मृत्यु, ४५ जना संक्रमित फेला

२७ भदौ ७६, शुक्रबार

२७ भदौ, धनगढी । डेंगीसँगै सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसका बिरामी पनि बढेका छन्।

Advertisement

स्क्रब टाइफसबाट कैलालीमा बिहीबार एक जनाको मृत्यु भएको छ भने हालसम्म सुदूरपश्चिमका डडेल्धुरा र कैलालीमा गरि ४५ जना स्क्रब टाइफसका संक्रमित देखिएका छन्।

बिरामी भएपछि उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको मृत्यु भएको अस्पतालका डा. मोहन भट्टराइले जानकारी दिए।

Advertisement

गत शनिबार (भदौ २१ गते) अस्पताल भर्ना भएका खातीको आइसियुमा उपचार भइरहेकोबेला मृत्यु भएको अस्पतालले जनाएको छ।

मुसा जातीमा पाइने एक प्रकारको परजिवी सुल्सुले किर्नामा यो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाइ टोकेमा स्क्रव टाइफसको संक्रमण हुने चिकित्सक बताउँछन्।

Advertisement

स्क्रब टाइफसका बिहीबारसम्म कैलालीमा पाँच र डडेल्धुराका ४० जना गरी ४५ जना उपचाररत रहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ।

किर्नाले टोकेको ठाउँमा घाउ हुनु, शरिरमा विमीरा देखिनु, अत्यधिक ज्वरो आउनु, शरिरका विभिन्न भाग दुख्नु स्क्रव टाइफसका लक्षण हुन्।

समयमै रोग परिक्षण गरी उपचार गरेमा यो रोग निको हने हुदा रोगको शंका लाग्ने वित्तीकै अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ। समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सो थुप्रै प्रकारको संक्रमण हुन्छ।

यो किरा मुख्यत खेत, झाडी, घाँस आदि ठाउँमा रहने मुसा प्रजातिमा पाइन्छ। यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रको रहेको हुन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top