२९ भदौ, रुपन्देही । रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन् ।
जिल्लाको रोहिणी गाउँपालिका-३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो । बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्थानीयबासीका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेको बताएका छन् । गोली हानेपछि लडेका कुर्मीको साथमा रहेको ५ लाख रुपैयाँ पनि लुटेराले लगेका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।